नालाको पानीमा डुवेर बाँकेमा ३ जना बालकको मृत्यु | Khabarhub Khabarhub

नालाको पानीमा डुवेर बाँकेमा ३ जना बालकको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिका-२ पितमारीमा नालामा जम्मा भएको पानीमा डुवेर ३ जना बालकको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका-२ पितमारीमा निर्माणाधीन अवस्थमा रहेको क्षेत्रीय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना बालकको बिहीबार साँझ मृत्यु भएको हो ।

मृत्यु हुने बालकहरुमा सोही ठाउँ १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परियार र ११ वर्षीय अमिल रावल रहेका छन् ।

उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन