'लकडाउन'मा बैंकका शाखा बन्द भएपनि आर्थिक कारोबार नरोकिने | Khabarhub Khabarhub

‘लकडाउन’मा बैंकका शाखा बन्द भएपनि आर्थिक कारोबार नरोकिने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मंगलबार बिहानदेखि गरेको ‘लकडाउन’का कारण  बैंकका अधिकांश शाखा बन्द रहे पनि आर्थिक कारोबार भने नरोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनु पर्ने राष्ट्रबैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले काठमाडौंको हकमा आज (मंगलबार) बिदा नै रहेको र बुधबारदेखि भने सीमित काउण्टर सीमित समयका लागि मात्र खुलाउने व्यवस्था बैंकले मिलाएको बताए ।

काठमाण्डौ बाहिरको हकमा भने यो व्यवस्था मंगलबारदेखि नै लागू भएको कामु गभर्नर शिवाकोटीले बताए । सवसाधारणको आवश्यतालाई हेरेर आर्थिक कारोवारको व्यवस्था बैंक स्वयंले मिलाउने उनको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ४० बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ