‘लकडाउन’को समयमा पनि तरकारी र फलफूल अभाव नहुने | Khabarhub Khabarhub

‘लकडाउन’को समयमा पनि तरकारी र फलफूल अभाव नहुने



काठमाडौं– विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रुपमै निषेधाज्ञा (लकडाउन)को आदेश जारी गरेको छ । यस्तै, छिमेकी देशका नाकाहरु समेत बन्द गरिएका छन् ।

सरकारले ‘लकडाउन’को आदेश जारी गरेपछि केही हदसम्म कोरोना संक्रमणको जोखिम ‘कम’ भएपनि सर्वसाधारणमा उपभोग्य वस्तु अभाव हुने त्रास बढेको छ ।

सरकारले जारी गरेको लकडाउन लम्बिन सक्ने आशंकामा सर्वसाधारणले अहिले आफूलाई आवश्यक पर्ने उपभोग्य वस्तुको जोहो गर्न थालेका छन् ।

सर्वसाधारणले खाद्य वस्तु, ग्यास, पेट्रोलियम पदार्थ तरकारी तथा फलफूलको अभाव हुने डरले एकैपटक धेरै सामग्री ओसार्न थालेका छन् ।

यसअघि नाकाबन्दी, भूकम्प लगायतका समयमा उपभोग्य सामग्रीको समस्या भोग्नु परेकाले एकैपटक धेरै तरकारी तथा खाद्यन्न खरिद गरेको उपभोक्ताको भनाइ छ ।

‘भूकम्पका बेला खाने केही नपाएर चिउरा र पानी खाएर दिन बिताउनुप¥यो’ सरकारले लकडाउन घोषणा गरेको दिन (सोमबार साँझ) चावहिल गणेशस्थानमा भेटिएकी राधा बज्रचार्यले भनिन्, ‘त्यही समस्या नआउला भन्न सकिन्न अहिले नै जोहो नगरे पछि भोको बस्नुपर्छ ।’

सरकारले लकडाउनको घोषणा गरेसँगै बज्रचार्य जस्तै अन्य उपभोक्तामा उपभोग्य वस्तु नपाइने सन्त्रास छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रास नेपालीहरुमा बढेको छ ।

स्याउबाहेक अन्य फलफूलको अभाव छैन

कोरोना भाइरस संक्रमणको सुरुवात चीनको वुहानबाट भएको थियो । चीनबाट आउने फलफूल सोही समयबाटै आउन बन्द गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

चीनबाट आउने फलफूल ठप्प भएसँगै नेपाली बजारमा फलफूलको चरम अभाव देखिन थालेको महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।

‘यता नेपाली बजारमा स्याउको अभाव छ,’ महासंघको खोमप्रसाद घिमिरेले खबरहबसँग भने, ‘उता चीनमा स्टोर गरिएका स्याउहरु बिग्रिसके त्यसमा व्यवसायीहरु दोहोरो मारमा परेका छन् ।’
उनका अनुसार २ महिनादेखि स्याउ आउन सकेको छैन । व्यापारीले ल्याएर स्टोर गरी राखेका फलफूल भने अहिले चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।

केरा, अनार, अंगुर, सुन्तला, खरबुजा, भुँइकटहर र रुखकटहर लगायतका फलफूल भने भारतबाट पनि आइरहेको उनको भनाइ छ ।

नेपाली बजारमा फलफूलको खपत वर्षेनि बढ्दै गइरहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १३ अर्ब २८ करोड ४९ लाखको फलफूल आयात भएको छ ।

आयत हुने फलफूलमध्ये स्याउ, अंगुर, आँप, केरा, कागती तथा अमिलो फलफूल रहेका छन् ।

कालिमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मेवा प्रतिकेजी ८०, स्याउ प्रतिकेजी २२०, केरा प्रतिकेजी ९०, अनार प्रतिकेजी १३०, अंगुर (हरियो) प्रतिकेजी १४०, अंगुर (कालो) प्रतिकेजी १९०, सुन्तला (भारतीय) प्रतिकेजी ८०, खरबुजा प्रतिकेजी ४०, भुँइकटहर प्रतिगोटा १२०, रुखकटहर प्रतिकेजी ९० र कागती प्रतिकेजी १३० रुपैयाँ रहेको छ । यो अहिलको थोक मुल्य हो ।

तरकारीको अभाव हुँदैन, ढुक्क हुनुस्

नेपालमा कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै अहिले खाद्यान्न स्टोर, ग्यास डिपो लगायतका स्थानमा जति भीड छ त्यति नै भीड तरकारी पसलतिर पनि देखिन्छ ।
तरकारीको अभाव हुने डरमा मानिसहरु आलु मात्रै भएपनि ओसारिरहेका छन् । तर तरकारीको अभाव सिर्जना नहुने र खानै नपाइने हो कि भन्ने चिन्तामा नबस्न कालीमाटी फलफूल तथा बजार विकास समितिले अनुरोध समेत गरेको छ ।

उपत्यका छोड्दै बाहिर जानेको संख्या बढेपछि उपत्यकामा झनै तरकारीको खपत भइरहेको उनले बताए । शनिवार साढे ११ सय मेट्रिक टन तरकारी आयत भएको समितिले जनाएको छ ।

आइतवार दिउँसोसम्म ७ सय मेट्रिक टन तरकारी आइसकेको र बेलुका झनै बढ्ने अवस्था रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले खबरहबलाई जानकारी दिए ।

‘बोर्डर नै बन्द भयो भने आलु र प्याजमा केही समस्या हुनेछ,’ पौडेलले भने, ‘बन्द नै भएपनि करिब तीन महिनालाई समस्या हुँदैन ।’

अहिले भारतबाट पनि तरकारी भित्रिरहेको छ भने नेपालभित्रका विभिन्न जिल्लाहरुबाट पनि कालीमाटीमा तरकारी आइरहेको छ ।

कालीमाटी जुनसुकै समय खुल्ने र तरकारीको अभाव सिर्जना नहुने र मुल्य पनि नबढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन