बेलायतमा पनि 'लक डाउन' | Khabarhub Khabarhub

बेलायतमा पनि ‘लक डाउन’


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो ।

सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित कारणबाहेक’ घरबाट बाहिर ननिस्किन आह्वान गरेका छन् । मानिसहरुले सरकारी निर्देशनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने उनले बताए ।

जोनसनले सम्बोधनका क्रममा कसैले अटेर गरेको खण्डमा प्रहरीले मानिसहरुको भीडलाई तितरबितर पार्ने चेतावनी समेत दिए ।

बेलायतमा जिम, पसल र धार्मिक स्थलहरु बन्द गरिएका छन् भने खेलकुद कार्यक्रमहरु, विवाह समारोहहरु र अन्य साँस्कृतिक कार्यक्रमहरु पनि स्थगित गरिएका छन् । यद्यपि तत्कालका लागि अन्त्येष्टी कार्यक्रमहरु भने नरोकिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बोरिस जोनसनको पछिल्लो कदमलाई दोश्रो विश्वयुद्ध यता बेलायत सरकारले चालेको सबैभन्दा कठोर कदमका रुपमा लिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ३६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न