लुपस नामक रोगबाट ग्रस्त थिए भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका बिरामी | Khabarhub Khabarhub

लुपस नामक रोगबाट ग्रस्त थिए भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका बिरामी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए ।

अस्पतालले उनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भर्न आइसकेको छैन ।

कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृतक यादवको शव हाल विशेष अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका