डाक्टरलाई पीपीई पोशाक सिलाउन टेलर खोज्दै महावीर पुन | Khabarhub Khabarhub

डाक्टरलाई पीपीई पोशाक सिलाउन टेलर खोज्दै महावीर पुन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक अभियन्ता महावीर पुनले डाक्टरलाई बिरामी जाँचका क्रममा लगाउने पीपीई पोशाक सिलाउन टेलर चाहिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जतिसक्दो छिटो पीपीई तयार गर्नुपर्ने भएकाले कुनै टेलरलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

‘डाक्टरहरुले कोरोनाको बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पीपीई भन्दा रहेछन्, त्यसको अति नै आवश्यक परेको रहेछ, त्यो नलगाइकन बिरामी जाँच गर्न नमिल्ने रहेछ,’ महावीरले भनेका छन् ।

महावीरले टिचिङ अस्पताल र विपी अस्पताल धरानबाट यस्तो ड्रेस बनाउने अनुरोध आएकाले ४ सय जति ड्रेस बनाउनका लागि सिलाइ गर्ने टेलर चाहिएको बताएका छन् ।

‘ड्रेसको डिजाइन आविष्कार केन्द्रमा बन्दैछ र ४ सय वटा जति ड्रेस बनाउन सकिने सामान पनि भर्खरै उपलब्ध भयो,’ उनले भनेका छन् ।

उनले टेलरलाई ज्याला पनि दिने भन्दै सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०