कोरोनाभाइरसः इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ६ सय १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै  ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ ।

इटलीमा गत हप्ता शनिबार एकै दिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६ सय १ जनाको मृत्यु भएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा गम्भी अवस्था सिर्जना भएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ ।

३ लाख ७८ हजार ४ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख १ हजार ६ सय ८ जना निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ०६ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु