थरिथरिका मास्क ... (फोटो कथा) | Khabarhub Khabarhub

थरिथरिका मास्क … (फोटो कथा)


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास नेपालमा उच्च छ ।  एक जना नेपालीमा कोरोना भाइरसको देखिएपछि मानिस थप शशंकित भएका छन ।

सरकाले भाइरस फैलन नदिनका लागि भन्दै लकडाउन गरेको छ । लकडाउन गरिएपनि मानिसहरु भित्री सडकमा हिँडिरहेका छन ।

संकट र त्रासको यो समयमा घरबाहिर निस्कनेहरूले उचित सावधानी अपनाउँदै आएका छन् ।  हिजाे राजधानीका सडकमा सर्वसाधारणहरू मास्क प्रयोग गरेर हिँडेका भेटिएका थिए ।

राजधानीमा काम विशेषले सार्वजनिक रूपमा हिँडडुल गर्नेहरू प्रायः सबैको मुखमा मास्क देखिने गरेको छ । सार्वजनिक यातायातका चालक, यात्रुदेखि पसल गर्ने व्यवसायी, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूले मास्क प्रयोग गरेका छन् ।

बजारमा अहिले मास्कको अभाव छ । मास्क किन्न पाइन छोडेपछि सर्वसाधारणहरू जोखिमबाट बच्न अन्य कपडा प्रयोग गरेर पनि काम चलाउन थालेका छन् ।

सल, रुमाल आदिलाई मास्कको रुपमा प्रयोग गरेका पैदलयात्रीहरू पनि देखिन्छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ३४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०