दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका 'हेड कन्स्टेबल'को मृत्यु | Khabarhub Khabarhub

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ ।

दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिने व्यक्ति भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लाल रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको जनाइएको छ । झडपका क्रममा भारतीय प्रहरीका एकजना डीसीपी समेत घाइते भएका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेका छन् भने प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा वर्षाएका छन् ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि बल प्रयोग गरेको छ । यहीक्रममा प्रदर्शनकारीहरु प्रहरीमाथि जाइलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यहीक्रममा प्रहरीका डीसीपी घाइते भएको जनाइएको छ ।

तनावग्रस्त अवस्थालाई नियन्त्रण गर्नका लागि प्रहरीले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यू जारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीसमक्ष संयमता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न