गड्डाचौकी नाकाबाट ‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति | Khabarhub Khabarhub

गड्डाचौकी नाकाबाट ‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीलाई भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने/जाने सबैलाईै मास्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ ।

“शंकास्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ” इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, “भारतले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।”

मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म माष्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ५१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न