महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा प्रहरीका पूर्व असई पक्राउ | Khabarhub Khabarhub

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा प्रहरीका पूर्व असई पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि राईलाई पक्राउ गरिएको हो ।

महिला प्रहरी हवाल्दारले ९ महिना अगाडि राईले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

राईले ९ महिना अगाडि नै प्रहरी सेवाबाट राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन