‘हिजो आजका कुरा’ को गीतमा केदारदेखि केकीसम्म (भिडियो) | Khabarhub Khabarhub

‘हिजो आजका कुरा’ को गीतमा केदारदेखि केकीसम्म (भिडियो)


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हिजो आजका कुरा’ को गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर सुन्न सकिन्छ भने दीपक शर्माको संगीत रहेको छ । यस्तै गीतका शब्दलाई आनन्द अधिकारीले लेखेका हुन् ।

भिडियोमा कलाकारको जम्बो टोलीको अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, भुवन चन्दका साथै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, केदार घिमिरे, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यी कलाकारको अभिनय फिल्ममा पनि देख्न सकिनेछ । सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण गरेका हुन् । सन्तोष पन्त र साकार पन्तले निर्माण गरेको यो फिल्मलाई रवि सायमीले खिचेका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : ४७ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु