भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प | Khabarhub Khabarhub

भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् ।

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् ।

विमानस्थलबाट मोटेरा स्टेडियम सम्मको २२ किलोमिटर दूरी दुबै नेताले पूरा गर्ने छन् ।

यसबीचमा साबरमती आश्रममा केही बेर आराम गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा ट्रम्पले अहमदाबाद, दिल्ली र आगराको भ्रमण गर्नेछन् ।

ट्रम्पसँगै उनकी पत्नी मेलानिया र छोरी इवान्का पनि रहेका छन् ।

भारतमा अवतरण गर्नु भन्दा केही समय पहिला अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेका थिए ।

‘हम भारत आने के लिए तत्पर हैं । हम रास्ते मे हैं कुछ ही घंटो मे्र हम सबसे मिलेंगे !’ उनले ट्वीटमा लेखेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६