भारतविरुद्धको पहिलो टेष्ट खेलमा न्यूजिल्याण्ड विजयी | Khabarhub Khabarhub

भारतविरुद्धको पहिलो टेष्ट खेलमा न्यूजिल्याण्ड विजयी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतविरुद्धको पहिलो टेष्ट खेलमा घरेलु टोली न्यूजिल्याण्ड १० विकेटले विजयी भएको छ ।

चौथो दिन भारत दोस्रो इनिङमा १ सय ९१ रनमै अलआउट भएपछि न्यूजिल्याण्डले पाएको ९ रनको लक्ष्य बिना विकेट दोस्रो ओभरमै पूरा गरेको हो ।

यसअघि टस हारेर ब्याटिङ् गरेको भारत पहिलो इनिङमा १ सय ६५ रनमा अलआउट भएको थियो भने जवाफमा न्यूजिल्याण्डले ३ सय ४८ रन बनाएको थियो ।

त्यसपछि दोस्रो इनिङमा समेत खराब प्रदर्शन गरेको भारत ८१ ओभर खेल्दै १ सय ९१ रनमा अलआउट भएको थियो ।

९ विकेट लिएका न्यूजिल्याण्डका टीम साउथी म्यान अफ द म्याच चुनिए । दोस्रो तथा अन्तिम टेष्ट जनवरी २९ तारिखदेखि शुरु हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ४८ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको