टिभिएस एनटर्क १२५ रेस एडिसन मोडेल स्कुटर सार्वजनिक | Khabarhub Khabarhub

टिभिएस एनटर्क १२५ रेस एडिसन मोडेल स्कुटर सार्वजनिक


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिकेर्ता जगदम्बा मोटर्स प्रा.लि ले चितवनको आधिकारिक शोरुम मालाश्री मोटर्स बाट टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच चितवन उधोग बाणिज्य संघ का अध्यक्ष्य राजु श्रेष्ठ , जगदम्बा मोटर्स प्रा.लिका मार्केटिंग म्यानेजर नबराज कोइराला र मालाश्री मोटरस प्रा.लिका निर्देशक भीमसेन श्रेष्ठले संयुक्त रुपमा स्कुटर सार्वजनिकका छन् ।

उक्त स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ । जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए । उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।

’जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”

नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।

स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४।७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको कम्पनीले जनाइएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ४ : ४१ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक