पाँच वर्षमा १ हजार १ सय ४७ डलर प्रतिव्यक्ति आय पुर्‍याउने कर्णाली प्रदेशको लक्ष्य | Khabarhub Khabarhub

पाँच वर्षमा १ हजार १ सय ४७ डलर प्रतिव्यक्ति आय पुर्‍याउने कर्णाली प्रदेशको लक्ष्य


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषद्को बैठक सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।

बैठकमा सहभागी परिषद् सदस्यले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मूलभूतरुपमा सही भए पनि अझै वस्तुनिष्ट बनाउन सुझाव दिएका छन् । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद् सदस्यले आधारपत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ परिषद् सदस्यले सुझाव राखेका थिए ।

बैठकमा परिषद् अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताए । उनले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउँदै पाँच वर्षमा एक हजार १४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १०० डलर पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशलाई सुखी बनाउने भनेको सडक यातायात नै रहेको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेका बेला जलमार्ग, हिमाली भेगमा विमानस्थल, विद्युतीय रेलमार्गजस्ता योजना काल्पनिक देखिने धारणा राखे ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधानबमोजिम गठित प्रदेश विकास परिषद्को आज सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेशसभाका संसदीय दलका नेता, संसदीय समितिका अध्यक्ष, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिव, कर्णाली प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ४५ बजे

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको