कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा मिल्यो, फागुनमै महाधिवेशन, क्रियाशील सदस्यता छानविनका लागि समिति गठन | Khabarhub Khabarhub

कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा मिल्यो, फागुनमै महाधिवेशन, क्रियाशील सदस्यता छानविनका लागि समिति गठन



काठमाडौं–नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो ।

यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप गरेर महाधिवेशन गर्ने सहमति जुटेको छ ।

बैठकमा सहभागी उपसभापति विमलेन्द्र निधिका अनुसार महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।

त्यस्तै महाधिवेशन कार्यतालिकालाई परिमार्जन गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेता निधिका अनुसार कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको निधिले जानकारी दिए ।
बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षधरले असन्तुष्टी जनाउँदै आएको थियो ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : ०२ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना