अध्ययन र भ्रमणका नाममा पाँच महिनामा नेपालबाट बाहिरियो साढे ३१ अर्ब | Khabarhub Khabarhub

अध्ययन र भ्रमणका नाममा पाँच महिनामा नेपालबाट बाहिरियो साढे ३१ अर्ब


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीबाट हुने खर्चमा केही कमी आएको छ । गत आर्थिक वर्षको यही अवधिको भन्दा यस वर्ष विदेशिने नेपालीले गर्ने खर्चमा कमी आएको राष्ट्र बैंकको एक तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक बर्षको पाँच महिनामा नेपालीले विदेश घुम्न र उच्च शिक्षा अध्ययनमा ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमण लगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र १६ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ ।

हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै १६ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको हो ।

गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत वर्षको सोही अवधिमा कुल १९ अर्ब २० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टका अनुसार पछिल्लो समय नीतिगत कडाइका कारण विदेशीने र उनीहरुले गर्ने खर्चमा कमी आएको छ ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालू आर्थिक बर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।

यसैगरी, उच्च शिक्षा अध्ययनका लागि वितेका पाँच महिनाको अवधिमा कुल १४ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ ।

गत वर्ष उच्च शिक्षामा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत आर्थिक वर्षको पाँच महिनामा २२ अर्ब १४ करोड रुपैयाँ उच्च शिक्षाका लागि विदेशिएको थियो ।

उच्च शिक्षाका लागि नेपालीले अस्ट्रेलिया, क्यनाडा, अमेरिका, भारत, चीन, जापान लगायत देशलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटही सुविधामा केही कडाइ गरेको छ ।

पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । जसका कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको संख्या केही घटेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ५२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका