बिजुलीको पोल सार्न २५ हजार घुस माग्ने कर्मचारी रंगेहात पक्राउ | Khabarhub Khabarhub

बिजुलीको पोल सार्न २५ हजार घुस माग्ने कर्मचारी रंगेहात पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग लिएको २५ हजार घुससहित २ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहाल छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–१४ स्थित गुडफुड तन्दुरी पसल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २५ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै