केही स्थानमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको मौसमको अवस्थासहित) | Khabarhub Khabarhub

केही स्थानमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको मौसमको अवस्थासहित)


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ ।

शुक्रबार बिहान तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)

दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ३४ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध