युवा स्पिनर मल्लले टी-१० लिग खेल्ने | Khabarhub Khabarhub

युवा स्पिनर मल्लले टी-१० लिग खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर कुशल मल्लले टी १० लिग खेल्ने भएका छन् ।

बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् । उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएसँगै कुशल इमर्जिङ खेलाडीको कोटाबाट अबुधावीमा अनुबन्ध भएका हुन् ।

यसअघि खड्काले अघिल्लो सिजनको टी १० लिग अबुधावीबाट खेलेका थिए । यो सिजनमा नेपालका सोमपाल कामी र मल्ल टी १० लिगमा अनुबन्ध भएका छन् ।

यसअघि स्पिनर सन्दीप लामिछाने र पारस खडेकाले टी १० लिग खेलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न