चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ५ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ५ प्रतिशतले वृद्धि


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको पाँच महिनाको अवधिमा रु पाँच खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो ।

गत आवमा रु पाँच खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी पाँच महिनाको अवधिमा रु ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ । गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

गत आवमा सोही अवधिको तुलनामा रु ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४१ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०