कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने | Khabarhub Khabarhub

कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ गते मेलमिलपा दिवसको कार्यक्रम गर्ने प्रस्ताव पेश गरेका थिए । जुन प्रस्ताव सर्वसम्मत रुपमा निर्णय भएको हो ।

केन्द्रीय समितिको बैठकमा युवा नेताहरुले सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध देशव्यापी सांकेतिक रुपमा प्रदर्शन गर्न माग गरेका छन् ।

युवा नेताहरुको मागका विषयमा भएको छलफलपछि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने समेत तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस १६ अघि सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा सहमति बनेको बताए । तर कुन मितिमा प्रदर्शन गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६