दुई वर्षमा चौथो निर्वाचनको संघारमा इजरायल | Khabarhub Khabarhub

दुई वर्षमा चौथो निर्वाचनको संघारमा इजरायल


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दुई वर्षभन्दा कम समयमा इजरायलमा चौथो आमनिर्वाचन हुने भएको छ ।

संसद विघटन गर्न गरिएको प्रारम्भीक मतदानमा सांसदहरूले त्यसको पक्षमा मतदान हालेपछि दुई वर्षभन्दा कम समयमा इजरायमा चौथो निर्वाचन हुने भएको हो ।

सरकार कायम राख्न र संसद स्वतः भङ्ग हुनबाट रोक्न गरिएको आखिरी कोशिस पनि खेर गएपछि इजरायलमा राजनीतिक संकट आउने देखिएको छ ।

बजेट सम्झौताका विषयमा गठबन्धन सरकारका दुई प्रमुख पार्टीबीच भएको छलफल विफल भएको थियो । त्यसपछि दुई रातसम्म चलेको संसदमा लिकुड र ब्लु एण्ड ह्वाइट पार्टीका संसदले मङ्गलबार बजेट पारित हुने समयसीमा दुई हप्ता बढाउन गरेको आग्रह विरुद्धमा भोट दिएका थिए । बीबीसीले जनाए अनुसार ५४ मत पक्षमा र ६१ मत विपक्षमा परेको थियो ।

सरकारले बजेट पारित गर्न नसकेपछि इजरायली कानून अनुसार संसद भङ्ग भएको छ । इजारायमा संसद भङ्ग भएको दिनबाट ९० दिनभित्रमा निर्वाचन गर्नुपर्ने कानूनी बाध्यता छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लिकुड पार्टी र रक्षामन्त्री बैनी गेंटेजको ब्लू एण्ड ह्वाइट पार्टीबीच गत मेमा सरकार गठन भएदेखि नै बजेटको विषयमा विवाद हुँदै आएको थियो ।

प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री गेंट्जले मङ्गलबारसम्म बजेट पारित गर्ने समयसीमा दुई हप्ता बढाउने प्रस्ताव संसदमा लगेका थिए । २०२० को बजेटका सम्बन्धमा सम्झौतामा पुग्न यस्तो निर्णय गरिए पनि दुई पार्टीका संसदले उक्त प्रस्तावको विरुद्धमा मतदान गरेका छन् ।

संसद भङ्ग भएको अवस्थामा इजरायलमा आगामी मार्चमा निर्वाचन हुने सम्भावना छ । यदि यस्तो भएको अवस्थमा सन् २०१९ यता इजरायमा यो चौथो निर्वाचन हुने छ । सीएनएनका अनुसार सम्भवत सन् २०२१ को मार्च २३ मा चुनाव हुनेछ ।

यसपटको निर्वाचनमा कोरोना महामारी, आर्थिक मन्दी र नेतन्याहुलाई लागेको भ्रष्टाचारको आरोप प्रमुख मुद्दा हुनेछ । प्रधानमन्त्री नेतन्याहुले आफूविरुद्धको भ्रष्टचारको आरोप निराधार भन्ने गरेका छन् ।

इजरायलका प्रधानमन्त्री नेतान्याहु । तस्वीर : रोयटर्स

एक टेलिभिजन भाषणका क्रममा सत्ता घटक तथा रक्षामन्त्री गेंटेजले बजेटसम्बन्धी सम्झौतामा ढिलाइ गरेको आरोप प्रधानमन्त्री नेतन्याहुलाई लगाएका छन् । यसलाई उनले ‘आर्थिक आक्रमण’को संज्ञा दिएका छन् ।

टेलिभिजन भाषणका माध्यमबाट उनले जनतालाई भने, ‘नेतन्याहुले मलाई ढाँटेको होइन, उसले तपार्इंहरूलाई ढाँटेको हो’, ‘उनले मलाई धोका दिएको होइन, इजरायलको जनतालाई धोका दिएको हो ।’

अर्कोतर्फ प्रधानमन्त्री नेतन्याहुले एक सम्बोधनका क्रममा भनेका छन्, ‘यो समय निर्वाचनका लागि होइन, एकजुट हुनुपर्ने समय हो।’

समस्याको जड

सत्ता घटक ब्लु एण्ड ब्वाइट पार्टीका प्रमुख गेंटेजले प्रधानमन्त्री नेतन्याहुलाई बजेटसम्बन्धी सम्झौतामा जानाजान ढिलाइ गरेको आरोप लगाएका छन् । गेंटेजले सत्ता ओट्ने अभिप्रायले यसो गरेको प्रधानमन्त्रीलाई आरोप लगाएका छन् ।

सत्ता समीकरणसम्बन्धी भएको सम्झौतमा नेतन्याहुले पहिलो अठार महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि गेंटेजलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । नेतन्याहुले बजेट सम्झौतामा ढिलाइ गरेर बाँकी अवधि पनि आफैँ प्रधानमन्त्री बन्ने सोच राख्दा समस्या उत्पन्न भएको टाइम्स अफ इजरायले लेखेको छ ।

इजरायले अझै सन् २०१९ को बजेटको एक संस्करणमा काम गरिरहेको छ जुन सन् २०१८ मा पारित भएको थियो । त्यसपछि इजरायलमा तीनपटक असफल निर्वाचन भइसकेको छ ।

सरकारले बजेट पारित गर्नुपर्ने अन्तिम मिति २३ डिसेम्बर हो । तर, गत हप्ता प्रधानमन्त्री नेतन्याहुले बजेट प्रक्रिया आउँदो फेब्रुअरीभन्दा अघि नसकिने बताएपछि उक्त भनाई गेंटेज अस्वीकार गर्दै आएका थिए ।

समान्यतया, विपक्षी दलले संसद विघटनसम्बन्धमा गरेको प्रस्ताव सरकारले सहजै मतदान गर्ने गर्छ । तर, सत्ताघटक दलले नै प्रस्तावको पक्षमा मत हाल्ने बताएपछि यस प्रक्रियामा गत हप्ताबाट गतिरोध देखिन थालेको थियो । मङ्गलबार ब्लु एण्ड ह्वाइट दलले विपक्षी दलसँग मिलेर प्रस्तावको पक्षमा मत हाल्ने बताएको थियो ।

बुधबारको भोटपछि प्रारम्भिक चरणको मतदान नेसेट कमिटी (इजरायको संसदीय कमिटी) मा पठाइने छ जहाँबाट दोस्रो र तेस्रो चरणको अध्ययनका लागि अघि बढाइनेछ । प्रस्तावित विलको तेस्रो र अन्तिम अध्ययनपछि मात्रै नेसेटले ताजा निर्वाचनका लागि मिति तय गर्ने छ, जुन सम्भवतः आगामी मार्च अथवा जुनमा हुनेछ ।

मङ्गलबारको आफ्नो सम्बोधनमा गेंजेटले नेसेट भङ्ग हुनबाट नेतन्याहुले अझै रोक्नसक्ने बताए । उनले सन् २०२०–२०२१ को बजेट पास गर्न छिटो छिटो प्रक्रिया अघि बढाउने र सरकार गठन गर्दा गरेका सम्झौताको पालना गर्ने हो भने त्यो सम्भव रहेको दोहोर्‍याएका थिए ।

 

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : १२ बजे

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग