नेकपा विवाद : दाहाल-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता | Khabarhub Khabarhub

नेकपा विवाद : दाहाल-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको दाहाल-नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल’प्रचण्ड’ लाई चयन गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरिएको नेता शिवकुमार मण्डलले जानकारी दिए।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव ११५ सांसदले सर्वसम्मत अनुमोदन गरेको संसदीय दलको नेता चुनेको मण्डलले बताए । नेकपाका १७४ मध्ये ११५ सांसद बैठकमा उपस्थित भएको उनले बताए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको उनले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ५६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न