'थोरैमा सन्तुष्ट भएर बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो' | Khabarhub Khabarhub

‘थोरैमा सन्तुष्ट भएर बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो’


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दार्शनिक प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्वीपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।

उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलीन नागरिक हुन् । ४०४ ईसाईपूर्वमा उनले सुकरातबाट शिक्षा लिएका थिए ।

यहाँ हामीले दार्शनिक प्लेटोका केही महान भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छन् ।

– प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।

– ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

– गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।

– शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउँनु हो ।

– हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।

– सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।

– सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

– सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।

– आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

– सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

– जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।

– जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।

– सबै भन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

– आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

– तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।

– कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

– वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

– यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६