राज्यको 'धारणा प्रष्ट' भए वार्ताका लागि तयार छौं : विप्लव | Khabarhub Khabarhub

राज्यको ‘धारणा प्रष्ट’ भए वार्ताका लागि तयार छौं : विप्लव


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ ।

पार्टी निकट अनलाइन पत्रिकालाई दिएको भिडियो अन्तर्वार्तामा महासचिव विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई सोधेका छन् ।

उनले आफूहरु वार्ताका लागि सधै खुला रहेको बताएका छन् । उनले सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले यसअघि वार्ताको नाममा षड्यन्त्र गर्न खोजेकाले वार्ताको वातावरण बन्न नसकेको पनि उसले जनाएको छ ।

सत्तारुढ नेकपाभित्रको किचलाको विषयमा विप्लवले सत्ता स्वार्थले ल्याएको परिणाम भनेका छन् । व्यवस्था नै ठीक नभएकोले समस्या आइरहेको विप्लवको तर्क छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ५१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका