विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी | Khabarhub Khabarhub

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ ।

नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै रु ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ ।

नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरका विभिन्न वडाका युवालाई मौसमी तरकारीखेतीमा लागेर स्वरोजगार बन्न सहयोग सामग्री हस्तान्तरण गरेको नगरपालिकाका कृषि सहायक सोमबहादुर दनुवारले बताए ।

च्याउखेतीका लागि झण्डै रु दश लाख, अन्य तरकारी खेतीका लागि रु नौ लाख, तरकारी प्रशोधन गर्ने तीन समूहका लागि सोलार ड्रायर मेसिन, कृषि उपज चिस्यानका लागि कोल्ड च्याम्बर मेसिनसहित रु दश लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै मौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट, विषादी छर्ने स्प्रे मेसिनसमेत हस्तान्तरण गरिएको छ । हाल नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर फर्केका युवाको सङ्ख्या झण्डै २२० छ । उनीहरुकै क्षमता र चाहनानुसार स्वरोजगारमा लाग्न नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।

विद्युतीकरण, गाडी मेकानिक्स तालीमदेखि होटल व्यवसाय, कुखुरा–बङ्गुर र माछापालन, तालीम पनि दिइने जनाइएको छ ।

युवाले उत्पादन गरेको तरकारी बिक्रीको सुनिश्चिताका लागि बजारको जिम्मा आवश्यक परे नगरपालिकाले लिने पनि चौधरीले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  २ : २० बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु