म्याद गुज्रेका सामग्री पुनः लेबलिङ गरी बेच्ने दुई जनालाई विभागको कारबाही | Khabarhub Khabarhub

म्याद गुज्रेका सामग्री पुनः लेबलिङ गरी बेच्ने दुई जनालाई विभागको कारबाही


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य वस्तु पुनः लेबलिङ गरि बिक्री गर्ने दुई जनालाई कारबाही गरेको छ ।

आयन डिस्ट्रिव्युटर्सका राेकन बाेत्रा र विष्णुलक्ष्मी इन्टरप्रजाइजेजका शंकर बयलकोटीलाई कारबाही गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

यी दुई कम्पनीको कारबोरमा समेत रोक लगाइएको उनले बताए ।

म्याद नाघेका खाद्य वस्तु ट्यांक, स्निकर चकलेट,वरियो बिस्कुट, बनभिटा लगायतमा पुनः लेबलिङ गरि बिक्री वितरणमा संलग्न ८ जनामध्ये मुख्य काराोबारी दुई जनालाई तीन/तीन लाख रुपैयाँ जरिवाना सहित एक वर्ष जेल चलान गरिएको निर्देशक सेढाईंले बताए ।

उपभोक्ता संरक्षण ऐन अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

बरामद गरिएको २ करोड ९३ लाख ६४ हजार ७०१ रुपैयाँबराबरको म्याद समाप्त भएका उक्त वस्तुहरु नष्ट गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन