मन नपरे पनि खाने गर्नोस् तिते करेला, मिल्नेछ अनेकौँ फाइदा | Khabarhub Khabarhub

मन नपरे पनि खाने गर्नोस् तिते करेला, मिल्नेछ अनेकौँ फाइदा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा तितो तरकारी करेला, धेरै कम मात्रालाई मन पर्ने गर्दछ । यसको स्वादका कारण धेरैले यसलाई रुचाउँदैनन् । यद्यपि केही भने करेला भनेपछि हुरुक्कै हुन्छन् ।

स्वाद तितो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि पाइन्छ । यस्तोमा करेलाको सेवनले निम्न लाभ पुर्‍याउने  गर्दछ ।

१. लगातार तौल बढिरहेको छ भने करेला सेवन निकै लाभदायक हुन्छ, यसको सेवनले केहि मात्रामा वजन घटाउन मद्दत पुग्दछ ।

२. यसको सेवनले इन्सुलिनको मात्रा र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ ।

३. करेलाको सेवनबाट इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन ।

४. करेलामा फाइबरको मात्रा हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन ।

५. यसमा पानीको मात्रा उच्च हुन्छ, तसर्थ यसको सेवनले शरीरमा फाइदा पुर्‍याउँछ ।

६. करेलाले बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।

७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रासमेत धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ५० बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको