धौलागिरी अस्पताललाई अक्सिजन मेसिन सहयोग | Khabarhub Khabarhub

धौलागिरी अस्पताललाई अक्सिजन मेसिन सहयोग


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- रोजगारीका क्रममा बेलायतमा रहेका नेपालीले धौलागिरि अस्पताल, बागलुङलाई कोरोना सङ्क्रमणका विरामीका लागि रु दुई लाख पर्ने अक्सिजन मेसिन सहयोग गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष नारायणदत्त कँडेलको पहलमा मेसिनका लागि रकम संकलन भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले अक्सिजनको अभाव पूरा गर्न मेसिन सहयोगी हुने बताए ।

नर्थन आयरल्याण्डमा बस्ने नेपालीले एकापसमा सहयोग सङ्कलन गरी रु पाँच लाख २५ हजार जम्मा गरेर मेसिन तथा अन्य सहयोग कँडेलले जानकारी दिए

यसअघि चितवन र दोलखा अस्पतालमा पनि अक्सिजन मेसिन हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : २६ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको