काठमाडौं उपत्यकामा थपिए २७२० कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए २७२० कोरोना संक्रमित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ। जसमध्ये १८६ संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा २० हजार १९६ संक्रमित निको भएका छन्।

त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन्। ५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३६५ जना संक्रमित निको भएका छन्।

ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ। ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने २ हजार ५७४ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ।

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : २२ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको