मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन ।

कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र  मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ ।

आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।

यसबाहेक लमजुङलगायतका जिल्लामा पनि सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गर्नुपर्ने माग भएको छ ।

कतिपय स्थानमा आफ्नो घरबाट जानुपर्ने माग भएको त कतै सडकको अधिकार क्षेत्रका कारण पछि घर भत्कने भन्दै अर्कातिरबाट लैजान माग भइरहेको छ ।

‘यी स्थानमा पनि योजना कार्यालयहरुले आवश्यक समन्वय गरिरहेका छन्,’ उनले भने ।

आयोजना निर्माण सम्पन्न गर्न तोकिएको अवधि झण्डै तीन वर्ष बाँकी हुँदा अझै कतिपय स्थानमा ‘एलाइनमेन्ट’ परिवर्तनको माग भएको छ ।

त्यस्ता समस्या भएका स्थानमा बाहेक अन्यत्र तोकिएको अवधिमा आयोजना सम्पन्न हुने प्रमुख केसीले बताउनुभयो । कतिपय स्थानमा मध्यपहाडी लोकमार्गकै स्तरमा नसकिए पनि सडक निर्माण गरिसकिने उनको जिकिर छ ।

उनले भने, ‘आव २०७९/८० सम्ममा पूरै सडक मोटर गुड्ने हुनेछ ।’

राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो ।

सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी आव २०६४/६५ बाट आयोजना शुरु गरेको हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ ।

आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ ।

झण्डै ८७९ किमी नयाँ  सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ४५ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो