अमेरिकामा थप ७४ हजारमा संक्रमण, संक्रमित संख्या ८६ लाखभन्दा बढी | Khabarhub Khabarhub

अमेरिकामा थप ७४ हजारमा संक्रमण, संक्रमित संख्या ८६ लाखभन्दा बढी


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८६ लाख नाघेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७४ हजार ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८६ लाख ६१ हजार ६५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख ७७ हजार ९६९ जनामध्ये १५ हजार ९०९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९७३ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २८ हजार ३८१ पुगेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ०४ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना