खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता | Khabarhub Khabarhub

खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- कपिलवस्तुको कपिलधाम, भलवाडमा कोइली खोलामा रहेको कजवे पुलमा बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाउँदा एक जनाको मत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

वाणगङ्गा नगरपालिका वडा-७, कपिलधाम जाँदै गरेको वा१ञ १०८९ नम्बरको को गाडी गाडी कोइली खोलाको कजवे पार गर्ने क्रममा बगेको हो ।

उक्त घटनामा गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका-५ का ३५ वर्षीय माधव पाण्डेको ज्यान गएको छ । बाढीले गाडीसँगै बगाएका कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-१३ का ६२ वर्षीय जितबहादुर भाट क्षेत्री बेपत्ता छन् ।

गाडीमा सवार अन्य चारजना भने पौडेर बाँचेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

पौडेर ज्यान जोगाउनेमा २८ वर्षीय विजय पोखरेल, ३९ वर्षीय परशुराम चौधरी र ३२ वर्षीय कपिल पन्त रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बनगाईदेखि ८ किलोमिटर उत्तरतर्फबाट बगाएको उक्त गाडी फेला नपरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कजवे तर्ने क्रममा देवीराम पोखरेलको लु१२प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको छ । वाणगङ्गा-९ भलवाड, कपिलवस्तु जिल्लाको सुगम वडा भए पनि वर्षातको समयमा दुर्गमको क्षेत्रजस्तै हुने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ५५ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो