प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने | Khabarhub Khabarhub

प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंकको डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गर्दै एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो ।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट, त्यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

उक्त बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : १५ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन