राष्ट्रिय क्रिकेट टीमको अभ्यास सुरु गर्ने क्यानको निर्णय | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट टीमको अभ्यास सुरु गर्ने क्यानको निर्णय


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघले डिसेम्बरमा राष्ट्रिय क्रिकेट टीमको अन्तर्राष्ट्रिय भ्रमणबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समन्वय गर्ने भएको छ ।

मंगलबार बेलुका चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले माघयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन् । अन्तर्राष्ट्रिय मात्रै होइन चैत ११ गते सरकारले लकडाउन घोषणापछि टीमको अभ्याससमेत हुन सकेको छैन् ।

तर, कोरोनाको जोखिम कम नभएपछि क्यानले व्यवस्थित तरिकाले अभ्यास सुरु गर्दै अन्तर्राष्ट्रिय सिरिजका लागि आईसीसीसँग समन्वय गर्ने निर्णय गरेको हो ।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीसँग समन्वय गर्दै आगामी डिसेम्बर २०२० मा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय सिरिज संचालन गर्ने गरी आवश्यक तयारी अगाडि बढाइने छ ।’

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको घरेलु सिरिजपछि अब क्रिकेट खेलाडीहरुले समूहमा अभ्यास गर्न सकेका छैनन् । तर, क्यानले अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् अभ्यासका लागि स्वीकृती लिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ३१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न