अबैध हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

अबैध हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- अबैध हातहतियार खरखजाना मुद्दामा सजाय तोकिएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक जलथल ४ हाल हल्दिबारी गाउँपालिका वडा नं. ३ बस्ने ३८ वर्षिय सुनिल मेचे रहेका छन् ।

उनलाई अबैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते एक बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरिएको थियो ।

तालुक जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लेखापढी हुँदै आएको पत्रअनुसार मेचेलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज बिर्तामोडस्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तान गर्न नख्खु कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १६ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार