
यतिबेला विश्व कोरोना भाइरस विरुद्धको महामारीसँग जुँधिरहेको छ ।
नेपालमा संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञा लागू गराउन सुरक्षाकर्मी परिचालन भएका छन् भने निषेध आदेश उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको छ । स्थानीय प्रशासनले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारीले सबै पेशा व्यवसाय प्राय: ठप्प हुँदा पनि कृषि पेशामा आबद्ध भएकाको दैनिकीमा कुनै परिवर्तन आएको छैन । उनीहरुलाई सँधै कामको चटारो हुने गरेको छ ।
तस्वीरमा हेर्नुहोस् किसानका दैनिकी






तस्वीर : रासस