च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बार्यन म्युनिख खेल्दै | Khabarhub Khabarhub

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बार्यन म्युनिख खेल्दै


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति पौने एक बजे हुने खेलमा जर्मन जाइन्ट बार्यन च्याम्पियन्स लिगको उपाधि जितेर यो सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यदि च्याम्पियन्स लिगको उपाधि जितेमा बार्यनको यो सिजनको तेस्रो उपाधि हुनेछ ।

बार्यनले बुन्डेसलिगाका साथै जर्मन कपको पनि उपाधि जितेको थियो । बार्यन ६ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यस्तै पीएसजी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि यात्रामा रहेको छ । पीएसजीका प्रशिक्षक थोमस टुचेलले बार्यन पीएसजी भन्दा धेरै पटक फाइनलमा पुगेकाले त्यो अनुभव उसका लागि फाइदाजनक हुने बताएका छन् ।

बार्यन र पीएसजी यसअघि आठ पटक खेलेका छन । जसमा पीएसजीले पाँच पटक र बार्यनले तीन पटक खेल जितेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १० : ०० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको