सेनाद्वारा धुलिखेलमा विपद प्रतिकार्य पूर्वाभ्यास | Khabarhub Khabarhub

सेनाद्वारा धुलिखेलमा विपद प्रतिकार्य पूर्वाभ्यास


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- वर्षाका बेला जहाँ जतिखेर पनि विपद् पर्नसक्छ । त्यसको तयारीका लागि सुरक्षाकर्मी जुनसुकै बेला तयार रहनुपर्दछ ।

त्यसैको पूर्व अभ्यासस्वरुप आज जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपदमा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा धुलिखेलमा पूर्वअभ्यास कार्य सम्पन्न गरेको छ ।

नेपाली सेनाको विष्णुदल गणले घरभित्र विपदमा परेका र गहिरो खोंचमा फसेकालाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर खोज तथा उद्धार टोलीले गर्ने अभ्यासको प्रदर्शन देखाएको हो ।

सो नमूना उद्धार कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नमूना अभ्यासले विपदमा शीघ्र उद्धारका लागि ठूलो टेवा दिने बताए ।

सो क्रममा नेपाली सेनाको विष्णुदल गणले धुलिखेल नगरपालिकाबाट करिब रु आठ लाखको प्राप्त अत्यावश्यक उद्धार सामग्री नगरप्रमुख अशोक ब्याञ्जुले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरे ।

उनले अब छिट्टै पनौती नगरपालिका र रोशी गाउँपालिकाले उपलब्ध गराउने तयारीमा रहेको जनाउँदै सबै तहमा गठित विपद व्यवस्थापन समिति विपद प्रतिकार्यमा खटिनपर्ने अवस्था आउनसक्ने भएकाले तयारी अवस्थामा रहनसमेत आग्रह गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : २२ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को