क्षतिपूर्तिको माग गर्दै मृतक तीन बालकको शव उठाइएन | Khabarhub Khabarhub

क्षतिपूर्तिको माग गर्दै मृतक तीन बालकको शव उठाइएन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा । स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै भद्रपुर २ का स्थानीयले विरोध गरेका छन् ।

भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सीमसार क्षेत्रमा डुबेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृत्यु भएको थियो ।

तीन बालकको मृत्युको कारण स्थानीय सरकार, सीमसार व्यवस्थापन र ठेकेदारको लापरबाही भन्दै स्थानीयले शव उठाउन मानेका छैनन् ।

अंकुशको शव हिजो राति डुबिरहेको अबस्थामा फेला परेको थियो भने करण र उनका भाइ अर्जुनको शव आज फेला पारिएको हो ।

तालिमप्राप्त गोताखोरको सहयोगमा सीमसार क्षेत्रमा खनिएको पोखरीमा हिलोमा गाढिएको अवस्थामा ती दाजुभाइको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

सीमसारको नाममा पोखरी खनेर लथालिङ्ग पारेर छोडेपछि डुबेर बालकहरुको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । त्यस घटनाको जिम्मेवारी स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले लिनुपर्ने उनीहरुको माग छ ।

‘स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले घटनाको जिम्मा लिनुपर्छ’ समर थुलुङ राईले भने । क्षतिपूर्ति र कार्बाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका छन् ।

हिजो दिउँसो खेल्न गएका ती बालकहरु सीमसारभित्र डुबेका थिए । खनेर लथालिङ्ग पारेर छोडिएको सो सीमसार घेरावारा गरिएको छैन । त्यहाँ रेखदेख गर्ने पनि कोही नरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : २८ बजे

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल