महामारीमाकाबीच लगानी गन्तव्य बन्दै भारत, कुन कुन कम्पनीले गरे लगानी | Khabarhub Khabarhub

महामारीमाकाबीच लगानी गन्तव्य बन्दै भारत, कुन कुन कम्पनीले गरे लगानी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको महामारीकाबीच विश्‍वका विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगिरहेका बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ ।

महामारीबै बीच विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलले भारतमा १० अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईंले कोरोना महामारीकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा भारतमा आगामी पाँच-सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।

वालमार्टले एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जनाएको छ भने फोक्सकोनले एक अर्ब अमेरिकी डलर, विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्‍जाल फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर क्वालकोम भेन्चर ९ करोड ७० अमेरिकी डलरको लगानी प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी विश्वको उत्कृष्ट कम्पनी थोम्सनले १४ करोड २८ लाख अमेरिकी डलर, वि वर्क ग्लोबलले १० करोड अमेरिकी डलर, हिटाचीले एक करोड ५९ लाख अमेरिकी डलर, किया मोटर्सले ५ करोड ४० लाख अमेरिकी डलर र साउदी अरबको पीआईएफले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।

ह्युन्डाइ मोबिज्, अमेजनको विश्वासिलो साझेदार एसजीएस, क्लाउड सफ्टवेयर एक्सट्रीया, अस्ट्रेलियाको एप सोलुसन एफ५लगायतले पनि भारतीय बजारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १ : १८ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन