घर बनाउँदा ध्यान दिनुहोस् वास्तुका १६ कुरा | Khabarhub Khabarhub

घर बनाउँदा ध्यान दिनुहोस् वास्तुका १६ कुरा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि घर बनाउनु वा किन्नु अघि यसबारे पर्याप्त समीक्षा र वास्तुमा ध्यान दिनु पर्दछ । वास्तु आफैमा विज्ञान भएकाले यस अनुसार घर निर्माण गर्दा सकारात्मक पक्ष निर्देश रहन्छ ।

अर्थात घर कस्तो, कत्रो र कसरी बनाउने भन्नेबारे वास्तुले निर्देशित गर्दछ । तसर्थ घर बनाउँदा वा किन्नु पर्दा यि १६ कुरामा विचार पुर्याउनु पर्दछ ।

१. घर बनाउनु अघि यसको प्रयोग, आकार र बनावटबारे लामो समीक्षा गर्नु पर्दछ ।
२. घर पर्याप्त प्रकाश आउने तथा ताजा हावा आउजाउ गर्ने हुनु पर्दछ ।
३. वास्तु अनुसार शौचालय बनाउँदा घरको पश्चिम दिशामा मात्र बनाउनु पर्दछ ।
४. बेडरुममा सुत्दा खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा हुनु पर्दछ ।
५. बेडरुममा खाटमा सुत्दा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
६. वास्तु अनुसार घरको भान्सा आग्नेय कोणमा हुनु पर्दछ ।
७. खाना खादाँ ब्यक्तिको मुख पूर्व वा उत्तर दिशामा हुनु पर्दछ ।
८. वास्तु अनुसार घर बनाउने स्थान आसपास दुर्गन्धित ढल वा वर्कसप हुनु हुदँैन ।
९. भिरालो जमिनमा वा खोँचमा पनि घर बनाउनु उपयुक्त मानिदैन ।
१०. त्रिभूज आकारको जग्गा वा एकातिर चौडा र अर्कोतर्फ कम भएको जग्गा किन्नु हुदैँन ।
११. घरको मुख्य द्वारको सामुन्नेमा भान्सा वा बगैंचा राख्नु हुदैँन ।
१२. मूख्य ढोका खोल्नासाथ सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
१३. खानेपानि वा कुनै पनि सार्वजनिक ट्यांकी छायाँ पर्ने गरी घर बनाउनु हुदैँन ।
१४. आसपासमा ठुलो घर भएको स्थानमा एउटा सानो घर बनाउनु उपयुक्त हुँदैन ।
१५. गल्ली वा आवास स्थलको अन्तिममा घर बनाउनु हुदैन ।
१६. सडकको किनारमै बनेको सडकको पहिलो घर किन्नु पनि शुभ मानिदैन ।

समग्रमा घर बनाउँदा वा किन्दा पर्याप्त हावा, पानी, प्रकाश आउने तथा गल्ली चौडा भएको स्थानमा बनाउनु पर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०