नागरिकता विधेयकको विरोध गर्दै रौतहट र सप्तरीमा प्रदर्शन | Khabarhub Khabarhub

नागरिकता विधेयकको विरोध गर्दै रौतहट र सप्तरीमा प्रदर्शन


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै रौतहट र सप्तरीमा प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आयोजनामा रौतहटको गरुडा बजारमा विधेयक विरुद्ध प्रदर्शन भएको हो  ।

जसपा जिल्ला ईन्चार्ज बृज किशोर यादवको नेतृत्वमा भएको प्रदर्शनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरेर भारतसँगको रोटीबेटीको सम्बन्ध तोड्ने दुस्साहस गरेको उनीहरुको आरोप थियो ।

यसैबीच नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जसपा निकट युवा र विद्यार्थीहरुले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०