कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी | Khabarhub Khabarhub

कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- योग गुरु बाबा रामदेवले पतञ्जलीले कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाउन सफल भएको दाबी गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका हुन्।

“आज हामी यो भन पाउँदा गौरव अनुभव भएको छ। कोरोनाको पहिलो आयुर्वेदिक पतञ्जली रिसर्च सेन्टर र नेम्सको संयुक्त प्रयासमा तयार भएको छ,” बाबा रामदेवले भने, “यो इतिहासको ठूलो घटना हो।”

विश्‍वले कोरोना भाइरसको औषधि खोजीरहेका बेला कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको उनले दाबी गरेका हुन् । पतञ्जलीले तयार पारेको उक्त औषधिको नाम कोरोनिल राखिएको छ ।

पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिँदै बाबा रामदेवले भने, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्‍जलीको स्टोरबाट पाउन सकिन्छ।’

पत्रकार सम्‍मेलनका क्रममा रामदेवले एलोपेथिक सिष्टमले अहिले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्‍जलीले भने क्लिनिल कन्ट्रोलको अध्‍ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरेका छन्।

कोरोनिलले स्वासप्रश्वास प्रणाली मजबुत बनाउनुको साथै रुघा र ज्वरो पनि ठिक पार्ने उनले जनाए। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६