ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गरिँदै | Khabarhub Khabarhub

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गरिँदै


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोकल आफ्टर स्कूल, ग्लोकल प्राइभेट लिमिटेडले अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गर्ने भएको छ । अनलाइन लर्निङ भर्चुअल कन्फरेन्स १४ र १५ असारमा आयोजना गर्न लागिएको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा भर्चुअल सम्मेलन हुन लागेको हो । सम्मेलनमा लकडाउनको यस विषम परिस्थितिमा विद्यार्थीलाई सीप सिकाई तथा शिक्षाका विविध पक्षका विषयहरु समेटिनेछन् ।

शिक्षा क्षेत्रका विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तमा विकास गर्न एक साझा मन्च प्रदान गर्ने अपेक्षा लिइएको छ ।

ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू समेत सुरू गरेको छ ।

अनलाइन पाठ्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सीप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको जनाइएको छ ।

सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सि.टि.इ.भि.टी जस्ता शिक्षण मंचहरुका प्रतिनिधिहरुले आ-आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा कर्पोरेट्स, नीति निर्माता, विद्यार्थी, विश्वविद्यालय र पत्रकारहरू एवम शिक्षाविद्हरुको समे सहभागिता रहनेछ ।

ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक, आशीष ठाकुरले भने, “यस सम्मेलनको माध्यमबाट, हामी शिक्षण संयन्त्रको चुनौतीपूर्ण समस्याहरूको चलिरहेको आविष्कार, अनुप्रयोग र समाधानहरूको लागि योगदान दिन र अनलाइन सिकाई संयन्त्र मा प्रभाबकारी ढंगले बिकास गर्न के गर्न सकिन्छ भन्ने बारे छलफल एवम विकास गर्न चाहन्छौं ।’

सम्मेलनको मुख्य लक्ष्य अनलाइन लर्निङमा नबिनता थप्न र शिक्षाको विकासमा यसको प्रभावकारिताकबारे छलफल गर्नु रहेको  उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : १३ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक