नौतनवा क्वारेन्टिनमा एक जना नेपालीको मृत्यु | Khabarhub Khabarhub

नौतनवा क्वारेन्टिनमा एक जना नेपालीको मृत्यु


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही-भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुगेका थियो । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०