हेटौंडा अस्पतालको ओपिडी सेवा बन्द हुने | Khabarhub Khabarhub

हेटौंडा अस्पतालको ओपिडी सेवा बन्द हुने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ । सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो ।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेशनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए । यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना सङ्क्रमित महिलासंग विभिन्न चरणमा भेटभएका वा उनको उपचारमा संलग्नलगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेशनमा राख्ने काम भइरहेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौँडा–३ का एकजनामा काठमाडौँकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ४ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६