सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने | Khabarhub Khabarhub

सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ ।

सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।

सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : २४ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्